We are coming soon!

40%

We'll notify you when the site is live:

Maintenance Mode is a free coming soon/under construction blogger template from NewBloggerThemes.com. Maintenance Mode blogger template has jQuery countdown timer, progress bar, tabbed view section, email subscription box and twitter follow and share buttons. You can go to Edit HTML replace this with your own words. For more free blogger templates, visit NewBloggerThemes.com.
Copyright © हालको राजनिती | Published By Gooyaabi Templates | Powered By Blogger
Design by ThemeFuse | Blogger Theme by NewBloggerThemes.com
Powered by Blogger.

Popular Posts

Contact Form

Name

Email *

Message *

Wednesday 10 February 2021

गरीब प्रचन्ड-सुमार्गी कनेक्सन हिमाल खवरपत्रिकाले छापेको अनुसन्धानमुलक रिपोर्ट हेरौ

  ●(बर्तमान सम्पती बिबरण बुझाउने गरीब प्रधानमन्त्री प्रचन्ड-सुमार्गी कनेक्सन’bout बिगत २ बर्ष अगि गरिएको स-प्रमाण सहित अनुसन्धानमुलक रिपोर्ट आखा खोलेर बुझौ) ‘#सन्देहको_धन‘:

एक दशकमा अथाह सम्पत्तिको मालिक बनेका अजेयराज सुमार्गी पराजुलीको नाममा शंकास्पद तरीकाले अर्बौं रुपैयाँ आइरहेको छ।#त्यसको_स्रोत_के_हो?? #को_छ_सुमार्गीको_पछाडि?? सधैं केही हजार रुपैयाँ रहने शिशु अर्याल भण्डारीको ब्यांक खातामा एकाएक रु.६ करोड ५५ लाख भेटिएपछि राष्ट्र ब्यांकको वित्तीय जानकारी इकाइले २०६८ साउनमा अनुसन्धान थाल्यो। त्यो खातामा रकम पठाउनेमा गैर–आवासीय नेपाली संघका संस्थापक अध्यक्ष रहेका उपेन्द्र महतोदेखि सम्झ्ना अर्याल सम्मका नाम थिए। महतोले उक्त खातामा रु.२० लाख पठाएका थिए।
●आयस्रोत नखुलेको उक्त रकममध्ये रु.६ करोड ५२ लाखबाट शिशु अर्याल भण्डारीको नाममा लाजिम्पाटमा घर किनेको भेट्यो– इकाइले। नवलकिशोर अग्रवालबाट खरीद गरिएको त्यही घरमा अहिले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बर्तमान दोस्रो पटक प्रधानमन्त्री बनेका उनि बसिरहेका छन्। खोज्दै जाँदा पत्ता लाग्यो– शिशु अर्याल भण्डारी पछिल्लो दशकमा चर्चित नवधनाढ्य अजेयराज सुमार्गीकी श्रीमती सम्झ्ना अर्याल (अस्मिता सुमार्गी) की ठूलोबुवाकी छोरी हुन्। हेटौंडाका सामान्य आर्थिक पृष्ठभूमिका अजेयराज सुमार्गीको आर्जनको स्रोत नखुल्ने सम्पत्ति व्यवस्थापनका लागि आफन्त प्रयोग भएको छनक दियो, यो घटनाले।
●त्यसपछि वित्तीय जानकारी इकाइले शिशु अर्यालमाथि छानबीन अघि बढाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई औपचारिक अनुरोध गर्‍यो, जसलाई एमाओवादी निकट डा. मुक्तिनारायण पौडेललाई विभागको महानिर्देशक बनाएर अनुसन्धानलाई तुहाइयो। शक्तिशाली नेता निकटका व्यवसायी जोडिएको यो केसमा अनुसन्धान गरिहाल्ने आँट सरकारी निकायलाई नभएको बताउने वित्तीय जानकारी इकाइ सम्बद्ध एक अधिकारी यो घटनालाई त्यसै सेलाइएको बताउँछन्। तर, सुमार्गीले गैर–कानूनी रूपमा रु.८ अर्ब ७० करोड हाराहारीको थप रकम देश भित्र्याउन लागेको भेटेपछि राष्ट्र ब्यांकले त्यसलाई एक वर्षदेखि रोकिदिएको छ।
अजेयराज सुमार्गीले पछिल्लो दशकमा त्यो आर्थिक ‘उन्नति’ गरेका छन्, जुन ठूल्ठूला व्यवसाय गर्नेहरूका लागि समेत दुरुह छ। उनी एक दशकमा एक दर्जन कम्पनी सञ्चालक र अर्बौंका मालिक बनेका छन्। भेटिएका प्रमाणहरूले भने उनको सम्पत्तिको स्रोत सफा नभएको देखाउँछन्।
●’#अथाह_सम्पत्ति‘:

३४ वर्षदेखि फ्रान्सेली राजदूतको निजी निवास बसेको काठमाडौं, विशालनगरको १९ रोपनी १२ आना जग्गा सहितको घर रु.६३ करोडमा खरीद गरेर यसै वर्ष बानेश्वरबाट सपरिवार सरे सुमार्गी। सुमार्गीले पछिल्ला सात वर्षमा काठमाडौंका करीब एक दर्जन ‘प्राइम लोकेसन’ मा अर्बौंको स्थिर सम्पत्ति जोडेका छन्। हेटौंडा, दाङ, चितवन लगायतका ठाउँमा पनि उनले उत्ति नै सम्पत्ति जोडेका छन्। उनको बढी जसो सम्पत्ति श्रीमती सम्झ्ना अर्याल र जेठीसासू शिशु अर्यालको नाममा छ। यी सम्पत्ति २०६४ पछि खरीद गरिएको सम्बन्धित जिल्लाका मालपोत कार्यालयहरूको अभिलेखले पुष्टि गर्छन्।
●एमाओवादी अध्यक्ष प्रचन्ड बसेको लाजिम्पाटस्थित कम्पाउण्ड सहितको भवन, फ्रान्सेली दूतावासले बेचेको विशालनगरको घरजग्गा, बबरमहलको सुमार्गी बी कम्प्लेक्स, बानेश्वरको कृष्णटावर अघिल्तिरको घरजग्गा (जसमा केही बर्ष अघिसम्म प्रचन्ड बसेका थिए), बानेश्वर चोकको मुक्तिश्री टावर, मीनभवनको नेपाल इन्फ्राको सुपरस्टोर, तीनकुनेस्थित खाली जग्गा सुमार्गीका ‘प्राइम लोकेसन’ का स्थिर पूँजी हुन्, जसको चलनचल्तीको मूल्य प्रति आना रु.१ करोडसम्म छ। तीनकुनेको ८ रोपनी जग्गा उनले रु.७० करोडमा चार वर्षअघि कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियासँग किनेका हुन्। बानेश्वर, विशालनगर र लाजिम्पाटका मुख्य सडक जोडिएका स्थानमा उनको करीब ४० रोपनी जग्गा रहेको मालपोत कार्यालयका अभिलेखहरूले देखाउँछन्।
●एमाओवादी अध्यक्ष दाहाल ‘मासिक रु.१ लाख भाडामा’ बसेको लाजिम्पाटको घरजग्गा १३ साउन २०६८ मा नवल किशोर अग्रवालबाट शिशु अर्याल भण्डारीले लिएको देखिन्छ। ३४, ११९ र १२० कित्तानम्बर भएको यो जग्गा क्रमशः ४४२, १५१ र ९३५ वर्गफिटको छ। काठमाडौं महानगरपालिका–१० (मीनभवन)को कित्तानम्बर ६३ र ८४ को क्रमशः ५ रोपनी २ आना ३ दाम र १ आना २ दाम जग्गा पनि शिशु अर्याल भण्डारीकै नाममा छ, जहाँ अहिले ‘नेपाल इन्फ्रा’को नाममा सुपरस्टोर बन्दैछ। रजिष्ट्रेसन नम्बर ८९४१ को यो जग्गा २८ वैशाख २०६६ मा शिशुको नाममा पास भएको हो। ललितपुरबाट १२३०/३३/३४ नम्बरको नागरिकता लिएकी शिशुका श्रीमान् गृष्मराम भण्डारी नेपाल एयरलाइन्सका पूर्व कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट रहेका भण्डारीका छोरा सुमार्गीकै कम्पनी हेर्छन्।
●पारिवारिक स्रोतहरूका अनुसार, शिशु अर्यालसँग यतिको सम्पत्ति हुनु कसैगरी पनि सम्भव छैन। सुमार्गीले आफ्नो अवैध सम्पत्ति लुकाउन जेठीसासूलाई प्रयोग गरेकोमा कुनै शंका नभएको ती स्रोतहरूको ठोकुवा छ। लाजिम्पाट सर्नु अघि सुमार्गी परिवार बसेको बानेश्वरको ३ रोपनी ८ आना २ पैसा ३ दाम (कित्ता नम्बर ९२) जग्गा पत्नी सम्झ्ना अर्यालको नाममा छ। (हे. तस्वीर) यो घरजग्गा २३ भदौ २०६४ मा सम्झ्नाको नाममा पास भएको देखिन्छ। सुमार्गी स्वयंको नाममा भने बानेश्वरमा ३ आना १ पैसा (कित्ता नम्बर १९०) जमीनमा बनेको घर छ। २८१३ ‘क’ रजिष्टे्रसन नम्बरको यो जग्गा उनले २६ कात्तिक २०६५ मा साहिल अग्रवालबाट किनेका हुन्।
सुमार्गीले २६ कात्तिक २०६५ मा बानेश्वरकै कित्ता नम्बर २६९, १९२ र २१४ का क्रमशः १ रोपनी २ पैसा ३ दाम, ८ आना र १ दाम जग्गा खरीद गरेको मालपोतको अभिलेखबाट खुल्छ। यो जग्गामा बनेको मुक्तिश्री टावरमा सुमार्गीको निजी र कर्पोरेट कार्यालयका साथै हेलो मोबाइलको अफिस छ। सुमार्गीले ५ माघ २०६८ मा पनि रमादेवी रेग्मी भट्टराईबाट बानेश्वरकै कित्ता नम्बर १७ को ६ आना ३ पैसा १ दाम र २ आना १ दाम किनेको देखिन्छ। उनले २० वैशाख २०६४ मा ४९२९ को रजिष्टे्रसन पास मार्फत कित्ता नम्बर १७६२, १७५८ र १७६० को क्रमशः ३ आना १ दाम, ३ आना २ दाम र १ आना २ पैसा २ दाम जमीन जोडेको देखिन्छ।
●यसबाहेक रविभवनमा पनि जग्गा किनेका सुमार्गीले केही साताअघि सीतापाइलामा बिजनेस कम्प्लेक्स सहितको जग्गा किनेको स्रोत बताउँछ। स्रोतका अनुसार, ललितपुरको ठेचोमा पनि उनले ठूलो परिमाणमा जमीन किनेका छन्। दाङ र हेटौंडामा त उनका बिजनेस कम्प्लेक्स नै छन्। हेटौंडा– ११ नवलपुरको करीब तीन बिघा जग्गामा रहेको हेटौंडा एकेडेमी आवासीय स्कूल सुमार्गीकै हो। सुमार्गीको कम्पनीले सिमेन्ट कारखाना चलाउन सुर्खेतमा १३०० रोपनी जग्गा किन्दैछ।
●’#आश्चर्यलाग्दो_विस्तार‘:
रसुवाको हिमालयाज् स्प्रीङ वाटर उद्योगको भ्रमण क्रममा दाहाल र सुमार्गी। ७ पुस २०७० मा मुक्ति टावरमा पत्रकार सम्मेलन गरेका सुमार्गीले रु.२३ अर्ब ५० करोड थप लगानीको घोषणा गरेका थिए। ८ फागुनमा हिमाल सँगको टेलिफोन अन्तर्वार्तामा उनले रसुवाको हिमालयाज् स्प्रीङ वाटरमा रु.३ अर्ब लगानी गर्न लागेको बताए। कारोबारका विषयमा औपचारिक रूपमा नखुल्ने सुमार्गीले पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा घोषणा गरेको लगानीको रकम देशका ठूला व्यावसायिक घरानाहरूलाई समेत छक्क पार्ने खालको थियो– उनले व्यवसाय थालेको समयलाई हेर्दा। “जम्मा ६–७ वर्षमा यति ठूलो लगानी गर्ने आँट आउनु अचम्मको कुरा हो”, राष्ट्र ब्यांकका एक अधिकारी भन्छन्।
●सुमार्गीले छोटो अवधिमै ठूलो लगानी गर्ने गरी कम्पनीहरू खडा गरे पनि त्यस पछाडिको आर्थिक स्रोत खुल्दैन। तीन दशकअघि एउटा सामान्य चून उद्योग र काठको व्यापार चलाएका सुमार्गी अहिले अर्बौंको कारोबार योजना सहितका करीब एक दर्जन कम्पनीका मालिक छन्। ७ पुस २०७० को पत्रकार सम्मेलनमा प्रस्तुत सुमार्गीको प्रेस वक्तव्यमा ‘२०२९ देखि सञ्चालित चून उद्योग, कलात्मक काठ उद्योग सञ्चालन गरिराखिएकोमा २०६० वैशाखदेखि दूरसञ्चार, खनिज, मिनरल, पूर्वाधार विकास, जलविद्युत्, सञ्चार, शिक्षा जस्ता क्षेत्रमा लगानी थपिएको’ उल्लेख छ। सुमार्गीका पिता माधवराजले २०२९ सालमा मकवानपुरको भैंसेमा चून उद्योग खोलेर व्यवसाय थालेका थिए। २०३४ सालमा कलात्मक काठ उद्योग र २०५५ मा एभरेष्ट मिनरल प्रालि स्थापना भए पनि २०५९ सम्म तत्कालीन नेपाल घरेलु तथा साना उद्योग विकास ब्यांकमा सुमार्गी परिवारको ऋण नगन्य थियो। यसले उनीहरूको कारोबारको सीमितता पुष्टि गर्छ।
●ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्पाइस नेपाल प्रालिको लाइसेन्स हत्याएका सुमार्गीको व्यावसायिक फड्को माओवादी शान्ति प्रक्रियामा आएसँगै शुरू भएको देखिन्छ। अहिले सुमार्गीको मुक्तिश्री ग्रुप अन्तर्गत मुक्तिश्री टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, हिमालयाज् स्प्रीङ वाटर, नेपाल इन्फ्रा, दुर्गा कोल्ड स्टोरेज, इन्को प्यानल इन्ड्रस्ट्रिज, हेटौंडा एजुकेशन फाउण्डेसन, नेशनल कलेज सहितका व्यावसायिक संस्था सञ्चालनमा छन्। यती विकास ब्यांक र मनकामना विकास ब्यांकमा लगानी गरेका उनले नेपाल इन्फ्रा प्रालि मार्फत शुरू गरेको सुपरस्टोरलाई काठमाडौंको मीनभवनदेखि नारायणघाट र हेटौंडामा पनि विस्तार गर्दैछन्। धादिङमा ३५ मेगावाटको धादिङ–आँखुखोला जलविद्युत् आयोजना निर्माणका लागि पीपीए पहल गरिरहेका उनले थाहा सञ्चार अन्तर्गत विन्ध्यवासिनी मिडिया पनि चलाएका छन्।
●मुक्तिश्री ग्रुपअन्तर्गत रु.७ अर्ब लगानी भइसकेको नेपाल स्याटेलाइट टेलिकममा रु.६ अर्ब ५० करोड लगानीको तयारी गरेको कम्पनीले बताएको छ। त्यस्तै, धादिङ–आँखुखोला जलविद्युत्मा रु.५ अर्ब ५० करोड लगानीको योजना सार्वजनिक गरेको छ। काठमाडौंमा २२० कोठाको पाँचतारे होटल खोल्न रु.५ अर्ब लगानी गर्ने पनि कम्पनीको योजना छ। कम्पनीले सुर्खेतको दैनिक १२ सय टन उत्पादन गर्ने क्लिङ्कर सहितको मुक्ति श्री सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि नामको उद्योगमा रु.४ अर्ब लगानीको प्रस्ताव गरेको छ।
●मुक्तिश्री अन्तर्गत माधवराज सुमार्गी स्मृति कोष मार्फत हेटौंडामा रु.१ करोडको वैकल्पिक सडक र पशुपतिनाथमा रु.७ करोडमा प्रसादगृह एवं सभाहल बनाउने हैसियतमा पुगेको छ, कम्पनी। सुमार्गीले भरतपुरमा गुणचन्द्र विष्टसँग मिलेर ह्याचरी र दाना उद्योगमा समेत लगानी गरेको स्रोत बताउँछ। एबीसी टेलिभिजनमा पनि उनले ५० प्रतिशत शेयर स्वामित्व लिएर आफ्ना नातेदार श्यामसुन्दर शर्मालाई अध्यक्ष बनाए। लगानीका हिसाबले ठूलो बढोत्तरी देखिए पनि राजस्व तिर्नमा सुमार्गीका कम्पनीहरू अगाडि छैनन्। अर्बौं लगानीका यी कम्पनीहरूले वर्षमा मुश्किलले रु.५–६ करोड तिर्ने आन्तरिक राजस्व विभागका एक जना पूर्व महानिर्देशक बताउँछन्। पेश गरेको कारोबार र करको विवरण चित्तबुझदो नभएपछि आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर ३ ले गत साता मात्र सुमार्गीका कम्पनीहरूसँग कर अडिट पुनः परीक्षणका लागि सोधेको छ। उनका कम्पनीहरू हालसम्म ठूला करदाता कार्यालयमा दर्ता पनि भएका छैनन्। ४० करोडभन्दा बढी कारोबार गर्ने कम्पनी ठूला करदाताभित्र पर्छन्। सुमार्गीका कम्पनीहरू रु.५ करोडदेखि रु.४० करोडसम्मको कारोबार गर्ने कम्पनी हेर्ने ३ नम्बर कर कार्यालयमा समेटिएका छन्।
●’#शक्तिका_लगानीकर्ता‘:
सुमार्गीले सन् २००४ मा तत्कालीन स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) स्थापनासँगै व्यवसाय विस्तार गरेका हुन्। त्यसको तीन वर्षअघि नेपालमा निजी कम्पनीलाई दूरसञ्चार सेवा सञ्चालन अनुमति दिने तयारी थालिएपछि स्पाइस नेपालले दूरसञ्चार प्राधिकरणबाट ‘लेटर अफ इन्टेन्ट’ पाएको थियो। स्पाइस नेपालमा भारतको मोदी ग्रुप र नेपालको खेतान समूहले लगानी गरेका थिए। तर, शाही शासनकालमा उक्त अनुमतिपत्र राजाका ज्वाइँ राजबहादुर सिंह र सुमार्गीले हत्याएपछि भारतीय लगानीकर्ता फर्के।
दूरसञ्चार प्राधिकरण स्रोत भन्छ, “भारतीय लगानीकर्तालाई धम्क्याएर अनुमतिपत्र खोसिएको थियो।”
२० प्रतिशत स्वामित्व राखेका नेपाली लगानीकर्ता राजेन्द्र खेतानले पनि अनौपचारिक कुराकानीमा अपहरणसम्मको धम्की दिएर लाइसेन्स खोसिएकाले आफूहरू टेलिकममा प्रवेश गर्न नपाएको बताउने गरेका छन्।
●सुमार्गीको उत्थान तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राज बहादुर सिंहसँगको हिमचिमबाटै शुरू भएको हो। बाजुराका पदमबहादुर शाहीले सिंहसँग बनाइ दिएको सम्बन्धबाट अगाडि बढेका सुमार्गी तत्कालीन मेरो मोबाइलको ६ प्रतिशत शेयरको साझेदार हुँदै नेपाल स्याटेलाइट टेलिकम मार्फत एनसेलको सीमकार्ड बिक्री गर्ने आधिकारिक डिष्ट्रिब्युटर बने। मेरो मोबाइलमा रकम संकट हुँदा गैर–आवासीय नेपाली उपेन्द्र महतो साझेदारका रूपमा भित्रिएका थिए, जसमा सुमार्गी निर्देशकसम्म बने। आश्चर्यलाग्दो के भने, सन् २००१ देखि २००५ सम्म तत्कालीन मेरो मोबाइलमा पटक–पटक स्वामित्व किनबेच भए पनि त्यसको विवरण न कम्पनी रजिष्टारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइयो न त किनबेच बापतको कर नै तिरियो।
●एमाओवादीका कृष्णबहादुर महरा संचारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएपछि सुमार्गीको थप उत्थान भयो। उनी स्पाइसबाट रु.३५ करोड लिएर निस्किएको जानकारहरू बताउँछन्। नेपाल टेलिकम बाहेक अन्य सेवा प्रदायकलाई जीएसएम, ग्रामीण दूरसञ्चार र सीडीएमए सेवा मात्र सञ्चालनको अनुमति दिइएकोमा नेपाल स्याटेलाइटले आधारभूत दूरसञ्चार सेवा सञ्चालन गर्न पायो, त्यो पनि कौडी बराबरको फ्रिक्वेन्सी शुल्कमा। सञ्चार मन्त्रालयले छुट्टै कार्यदल बनाएर यो कम्पनीलाई अनुमति सिफारिश गराएको थियो। स्पाइस नेपाल र नेपाल टेलिकमले क्रमशः रु.२१ करोड अनुमतिपत्र शुल्क र रु.२० अर्ब नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि यो कम्पनीलाई विशेष व्यवस्था मार्फत रु.२५ लाख अनुमतिपत्र र रु.२२ लाख ५० हजार मात्र नवीकरण शुल्क तोकियो।
●मोबाइल फ्रिक्वेन्सीका विषयमा अध्ययन गर्न डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित संसद्को लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनमा आधारभूत दूरसञ्चार सेवाको परिभाषा नै बदलेर यो कम्पनीलाई लाइसेन्स दिइँदा शुरूमै रु.२ करोड ४५ लाख गुमेको उल्लेख छ। कम्पनीलाई जीएसएम ९०० मेगाहर्जमा ४.४ र जीएसएम १८०० मा ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको थियो, जुन शुरूमै २८ लाख उपभोक्तालाई सेवा दिन पर्याप्त थियो। जबकि, गत मंसीरसम्ममा कम्पनीले जम्मा दुई लाख ७३ हजार वटा सीमकार्ड वितरण गर्न सकेको छ। १२ लाख ८१ हजार सीम वितरण गरेको स्मार्ट टेलिकमसँग ३ मेगाहर्ज मात्र फ्रिक्वेन्सी छ। मध्यपश्चिममा मात्र सेवा थालेको कम्पनीलाई यो परिमाणमा फ्रिक्वेन्सी उपलब्ध गराउनु र कम्पनीले ओगटेर बस्नु मनोमानी भएको छानबीन प्रतिवेदनको ठहर छ। मन्त्रीको दबाबमा फ्रिक्वेन्सी ओगटिएको प्रतिवेदनले औंल्याएको छ। राजनीतिक शक्तिको आडमा स्थापित यो कम्पनीले अै पनि विभिन्न शुल्कबापतको रकम बक्यौता राखेको दूरसञ्चार प्राधिकरण स्रोत बताउँछ।
●नेपाल स्याटेलाइट टेलिकमलाई तीन चरणमा सेवा विस्तार अनुमति दिइएको थियो, जसअन्तर्गत पहिलो चरणमा १५ महीनाभित्र मध्यपश्चिमका २७३ गाविसमा सेवा विस्तार गर्नुपर्ने शर्त थियो। त्यस्तै, अनुमति पाएको मितिले ३० महीनाभित्र दोस्रो चरणमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका ५० प्रतिशत क्षेत्रमा सेवा शुरू गर्नुपर्ने शर्त थियो। तर, कम्पनीले ७ वर्षमा भर्खर दोस्रो चरणको काम अघि बढाएको छ।
●सुमार्गीले रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रीङ वाटर हत्याउँदाको कथा पनि उस्तै छ। डेढ दशकअघि कोरियन लगानीमा स्थापित यो कम्पनीका लगानीकर्ता पावर लजिक कम्पनी अन्तर्गतको हिमालयन स्प्रीङ वाटरका प्रमुख कार्यकारी अधिकृत एचएस हानलाई कुटपीट गरेर खेदेपछि यो कम्पनीको स्वामित्व सुमार्गी परिवारमा आएको थियो। कोरियन लगानी कर्ताले राष्ट्रिय वाणिज्य ब्यांकसँग लिएको करीब १४ करोड ऋण तिर्न नसकेपछि लिलामीमा परेको यो उद्योग एकताकाकी चर्चित नेपाली अभिनेत्री मीनाक्षी आनन्दका श्रीमान् किराँत नरसिंह राणाले किने पनि चलाउन नसकेपछि २०६३ मा किसान श्रेष्ठ, विजय मल्ल र केदारभक्त श्रेष्ठले किनेका थिए। यो समूहले समेत चलाउन नसकेपछि उद्योग करीब रु.२० करोडमा कोरियन कम्पनी पावर लजिकले किन्यो। पावर लजिकका सीईओ हान धुन्चेमा सुतिरहेका बेला राति गुण्डा प्रयोग गरेर कुटपीट गरिएपछि ५० प्रतिशत साझ्ेदारका रूपमा सुमार्गी भित्रिए।
●महँगो उद्योगमा सस्तो लगानी गरेर भित्रिएका उनले अहिले आफ्नो स्वामित्व ८० प्रतिशत पुर्‍याइसकेका छन्। करीब रु.१० करोड लगानी गरेको उद्योगको मूल्य अहिले कम्तीमा रु.२ अर्ब पुगिसकेको सो उद्योगका पुरानामध्येका एक लगानीकर्ता बताउँछन्। उद्योगले उत्पादन गर्ने हिमालयाज् अन टप ब्रान्डको पानीको बजार नेपालका पाँचतारे होटलदेखि दुबई र कोरियासम्म छ।
●’#शंकास्पद_लगानी‘:
संसद्को अर्थसमितिको ३ फागुनको कालोधन सम्बन्धी बैठकमा राष्ट्र ब्यांकका गभर्नर डा. युवराज खतिवडाले सुमार्गीको कम्पनीमा आउन लागेको साढे तीन अर्ब रुपैयाँभन्दा बढी रकम रोकिएको जानकारी दिए, नाम नलिई। गभर्नरले प्रक्रिया पूरा नगरेको, ऋणदाता विदेशी संस्थाको विश्वसनीयता नखुलेको र कानून नाघेर रकम ल्याउन लागेकोले यसलाई रोक्नुपरेको बताए। स्रोतका अनुसार, सुमार्गीको स्वामित्वका कम्पनी नेपाल स्याटेलाइट टेलिकम र मुक्तिश्री सिमेन्ट उद्योगमा ब्रिटिश भर्जिन आइल्याण्ड र साइप्रसबाट आउन लागेको करीब रु.८ अर्ब ७० करोड नेपाल राष्ट्र ब्यांकले जनवरी २०१४ देखि रोकिदिएको छ। सुमार्गीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबीन थालेको छ। विभिन्न पटकमा गरी जोधार इन्भेष्टमेन्ट र एयरबेल कम्पनीबाट ऋणस्वरुप आएको त्यो रकम नबिल र इन्भेष्टमेन्ट ब्यांक मार्फत आएका थिए। कतिपय पटक भने रकम ल्याउन स्वीकृति दिइएको स्रोत बताउँछ। सुमार्गीले हिमाल सँगको कुराकानीमा लगानी बोर्डको स्वीकृतिमा रु.११ अर्ब ल्याउन स्वीकृति लिएकोमा रु.८ अर्ब दूरसञ्चार र सिमेन्ट उद्योग स्थापनामा खर्च गरिसकिएको र रु.३ अर्ब राष्ट्र ब्यांक र उद्योग विभागले रोकिदिएको बताए। सम्बन्धित ब्यांकमा आएको रकम शंकास्पद देखिएपछि गत वर्ष नै राष्ट्र ब्यांकले नबिल र इन्भेष्टमेन्ट ब्यांकको स्थलगत निरीक्षण समेत गरेको थियो। रकम रोकिएपछि सुमार्गीले राष्ट्र ब्यांकमा भुक्तानी पाउन पत्र लेखे पनि प्रक्रिया पूरा नगरी रकम नपाउने जवाफ पाएको स्रोतको दाबी छ। “उनले ब्यांकमा आएको रकम नै धितो राखेर ऋण पाउन निवेदन दिए पनि त्यसका लागि समेत प्रक्रिया पूरा गर्नुपर्ने जवाफ दिइयो”, राष्ट्र ब्यांक स्रोत भन्छ।
●सुमार्गीले भने इन्भेष्टमेन्ट ब्यांकमा रोकिएको रकमलाई धितो मानेर रु.२ अर्बभन्दा बढी ऋण लिइसकेको स्रोतको दाबी छ। यसका लागि अर्थमन्त्री डा. रामशरण महत र डेपुटी गभर्नर गोपाल काफ्लेको समेत सहयोग लिइएको स्रोतको दाबी छ। विदेशी मुद्रा व्यवस्थापन विभाग डेपुटी गभर्नर काफ्लेको जिम्मेवारी अन्तर्गत पर्छ। उनले एक वर्षदेखि यो रकमको प्रकरण सल्टाउन पहल गरिरहेको स्रोतको दाबी छ। राष्ट्र ब्यांकको विदेशी मुद्रा व्यवस्थापन विभागले दुई साताअघि मात्रै वित्तीय जानकारी इकाइलाई पत्र पठाएर यो रकम आएको कम्पनी र त्यसको ब्यांक खातामाथि अनुसन्धान गर्न पत्र लेखिसकेको छ। राष्ट्र ब्यांकमा एक महीनाभित्रै हुन लागेको नयाँ गभर्नर नियुक्तिमा समेत यो प्रकरण जोडिने सम्भावना छ। “यो प्रकरण सुल्झाउने गरी ठूलो रकमको चलखेल गरेर गभर्नर ल्याउन चलखेल भइरहेको छ”, स्रोत भन्छ।
●सुमार्गीले अहिलेसम्म करीब रु.२० अर्ब ल्याएका छन्। त्यसमध्ये करीब रु.८ अर्ब ७० करोड ब्यांकमा थन्किएर बसेको छ। सुमार्गीले रकम ल्याउन लागेको ब्रिटिश भर्जिन आइल्याण्ड कर छूट दिने क्षेत्रका रूपमा चिनिन्छ। अरू व्यवसायीले पनि त्यहाँबाट रकम भित्र्याइरहेको राष्ट्र ब्यांक स्रोत बताउँछ। नेपालीहरूले यसअघि दुबई, मरिससबाट यस्तो कारोबार गर्ने गरे पनि हाल ब्रिटिश भर्जिन आइल्याण्ड, जिव्राल्टार, बेलिज जस्ता देशबाट यस्तो कारोबार गरिरहेका छन्। नेपालबाट हुण्डी मार्फत पुगेको कालोधनलाई लगानीका रूपमा भित्र्याएर सेतो बनाउन यस्तो पहल गरिन्छ। सुमार्गीलाई सो परिमाणमा ऋण पत्याउने एयरबेल र जोधार इन्भेष्टमेन्ट कम्पनी दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी टेलियासोनेरासँग जोडिएका छन्।
●आफैंमा शंकास्पद रहेका एयरबेल र जोधार इन्भेष्टमेन्टका विषयमा पर्याप्त जानकारी कतै भेटिंदैन। शुरूदेखि नै नेपालमा एनसेल, टेलियासोनेरा र नेपाल स्याटेलाइटबीचमा रहस्यमय सम्बन्ध देखिंदैआएको छ। सुमार्गीले हालसालै सञ्चारमाध्यम मार्फत, नेपाल स्याटेलाइट टेलिकमको मालिक एयरबेल सर्भिसेस लिमिटेड साइप्रस, एयरबेलको मालिक जोधार इन्भेष्टमेन्ट, जोधारको मालिक टेलियासोनेरा एशिया होल्डिङ र टेलियासोनेरा एशिया होल्डिङको मालिक टेलियासोनेरा स्वीडेन भएको बताएका छन्। आश्चर्यलाग्दो के छ भने, आफ्नै कम्पनीहरूको लगानीको नेपाल स्याटेलाइटमा जोधार र एयरबेलले ऋण दिएका छन्। यसरी हेर्दा ऋणको नाममा ल्याउन लागिएको यो रकम नेपालबाट गैरकानूनी रूपमा ती देशमा पुर्‍याइएको रकम फिर्ता ल्याउने प्रयत्न नै हो भन्ने आशंकालाई बल दिन्छ।
●अर्कोतिर, एनसेलको माउ कम्पनी टेलियासोनेराले सन् २०११ र १२ मा एयरबेल सर्भिसेस मार्फत नेपाल स्याटेलाइट को ७५ प्रतिशत स्वामित्व किनेको जनाएको थियो। तर, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आपत्तिपछि २०१३ मा टेलियासोनेराले आफ्नो ५७ प्रतिशत शेयर जोधार इन्भेष्टमेन्टलाई बिक्री गरेको विज्ञप्ति जारी गरेको थियो। यसले टेलियासोनेराले आफ्नै कम्पनीहरूबीचमा कारोबार गरेर नियामक निकायलाई छलेको देखाउँछ। “टेलियासोनेरा अन्तर्गतका कम्पनीहरूले एनसेल र नेपाल स्याटेलाइटमा लामो समयदेखि किनबेच गरिरहे पनि त्यसको जानकारी र नाफाबापतको राजस्व सरकारी निकायमा आएको छैन”, प्राधिकरण स्रोत बताउँछ।
●सुमार्गीको यो प्रयत्नमा लगानी बोर्ड साक्षी बसिदिएको छ। सुमार्गीले फास्ट ट्रयाकबाट रु.१० अर्बभन्दा बढी रकम भित्र्याउन लगानी बोर्डको अनुमति लिएको बताएका छन्। तर, यो प्रकरण जति लम्बिए पनि अर्थ नहुने सुमार्गीका एक सहयोगी बताउँछन्। “प्रधानमन्त्री नेतृत्वको लगानी बोर्डबाट अनुमति लिइसकेको कम्पनीलाई रोक्ने ताकत कसैको छैन”, उनी भन्छन्।
●’#पुष्पकमल_दाहाल_उर्फ_प्रचन्डसँग_कनेक्सन‘:

एमाओवादी अध्यक्ष दाहाल र सुमार्गी सम्बन्धको चर्चा नयाँ होइन। २०५८ तिर हेटौंडामा हुँदा एमाओवादीको चन्दा मागको शिकार बनेका सुमार्गी त्यसको पाँच वर्षभित्रै दाहालका मित्र बन्नपुगे। बसउठ बाक्लिएपछि सुमार्गी–दाहाल ‘कनेक्सन’ चर्चामा आइरह्यो। एमाओवादी नेता स्वनाम साथी मार्फत सुमार्गीको दाहालसँग सम्बन्ध नजिकिएको पारिवारिक स्रोत बताउँछ। शक्तिका उपासक सुमार्गीले रसुवास्थित हिमालयाज् स्प्रीङ वाटर आफ्नो स्वामित्वमा ल्याएपछि दाहाललाई हेलिकोप्टरमा धुन्चे लगेर उद्योग भ्रमण गराए। (हे. तस्वीर) यसबाट सुमार्गीको शक्तिको अन्दाजासँगै विरोधीहरूको स्वर दबियो। सुमार्गी लगानीको ‘रेडियो थाहा सञ्चार’ को उद्घाटन होओस् वा माधवराज सुमार्गीको स्मृतिमा पशुपतिमा बनेको भवनको उद्घाटन, सबैतिर दाहाल छाए। अहिले त सुमार्गीको लाजिम्पाटस्थित घरको ‘भाडावाल’ नै दाहाल छन्।
●नेपाल स्याटेलाइटको सेवा मध्यपश्चिममा विस्तारका क्रममा बीटीएस टावर लगायतका उपकरण फिल्डमा पुर्‍याउन वाईसीएल कार्यकर्तालाई खटाइएको थियो। कतिसम्म भने, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गत वर्ष पुसमा भएको पूर्व पोलिटब्युरो बैठकमा अध्यक्ष दाहाललाई सुमार्गीसँगको सम्बन्ध टुटाउन सुझाएका थिए। अहिले सुमार्गीका कानूनी अड्चनहरू एमाओवादीका तर्फबाट संविधानसभा सदस्य भएका रामनारायण विडारीले सल्टाउँदै आएका छन्। नेपाल स्याटेलाइटको औपचारिक कार्यक्रममा उनी कम्पनीका पदाधिकारीका रूपमै देखिन्छन्। सुमार्गीको रकम खुलाइदिन एमाओवादी अध्यक्ष प्रधानमन्त्री दाहालले स्वर्ग्रीय भुतपूर्व प्रधानमन्त्री सुुशील कोइराला र नेकपा एमालेका अध्यक्ष भुतपूर्व प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको स्रोत बताउँछ। “रकम रोकिंदा छटपटी सुमार्गीमा भन्दा दाहालमा बढी देखिन्छ” स्रोत भन्छ, “यसले नै प्रष्ट्याउँछ, दाहाल–सुमार्गी सम्बन्ध।”
●’#रकम_ल्याउँदा_ढोका_थुन्न_खोजे‘:
हामीले दूरसञ्चार, जलविद्युत्, सिमेन्ट, होटल लगायतका क्षेत्रमा रु.२३ अर्ब ५० करोडभन्दा बढी रकम लगानीको घोषणा गत वर्ष नै गरेका हौं। हिमालयाज् स्प्रीङ वाटरमा पनि थप रु.३ अर्ब लगानी गरेर विभिन्न देशमा पानी निर्यातको तयारी गरेका छौं। हामीले देशमा भित्र्याएको रु.११ अर्बमध्ये रु.८ अर्ब खर्च भइसकेको छ। तर, राष्ट्र ब्यांक र उद्योग विभागले करीब रु.३ अर्ब रोकिदिएका छन्, जसको औपचारिक जानकारी मलाई दिएका छैनन्। मैले सरकारलाई जानकारी दिएरै रकम ल्याएको हो, बाँकी कहाँ गएर बताऊँ??
●मैले रकम नेपाल ल्याएको हुँ, विदेश पुर्‍याएको होइन। सरकारको नीति पनि देशमा रकम ल्याउने नै हो। बेलायत, सिंगापुर लगायतका देशले रकम ल्याउनेलाई नागरिकतासम्म दिन्छन्। हाम्रोमा भने रकम ल्याउँदा ढोका थुन्न खोज्छन्। रु.१० अर्बभन्दा बढी रकम ल्याउँदा एकद्वार नीति हुने भनेर स्थापित लगानी बोर्डबाट अनुमति लिएरै मैले रकम भित्र्याए पनि राष्ट्र ब्यांक र उद्योग विभागले भाँजो हालेका छन्। ब्रिफकेशमा हालेर, प्लेन चार्टर गरेर रकम ल्याएको होइन, ब्यांकबाटै ल्याएको हुँ। यो टेलियासोनेरा नर्वेले पठाएको रकम हो, जसलाई रोक्न नियोजित प्रयास भइरहेको छ।
●’#को_हुन्_एक_दशकमा_अर्बौ_खर्बौ_खर्बाका_सम्पत्तिको_मालिक_बनेका_अजेयराज_सुमार्गी_पराजुली?’:
२ असार २०३७ मा मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट १३७ नम्बरको नागरिकता लिएका नवधनाढ्य अजेयराज सुमार्गी पराजुली एक दशकअघिसम्म हेटौंडाको पुष्पलालपार्क सँगैको पुरानो घरमा बस्थे। उनले मकवानपुरको भैंसेमा घरेलु चून उद्योगका लागि लिएको ऋण तिर्न नसकेको अवस्था झेलेका थिए। कम्युनिष्ट राजनीति गर्ने बाबु माधवराज पराजुली (जसले सुमार्गी लेख्न थाले) र आमा विश्वकान्ती कलावतीका छोरा अजेयको २०६० को शुरुआतसम्म उद्योगका नाममा त्यही चून र काष्ठ मील मात्र थियो। कुनै बेला रूपचन्द्र विष्टको ‘थाहा’ आन्दोलनमा लागेका उनी काठ तस्करीको अभियोगमा थुनामा समेत परेका थिए।
●एक दशकअघिसम्म हेटौंडामा सीमित सुमार्गीले अहिले अख्तियार प्रमुख लोकमानसिंह कार्की, कांग्रेस नेतृ सुजाता कोइराला, स्वामी कमलनयनाचार्यसँग पनि घनिष्ट सम्बन्ध बनाएका छन्। उनी कमलनयनाचार्य ट्रष्टका अध्यक्ष नै भए। एमाओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाललाई कमल नयनाचार्यसँग भेट गराउने सुमार्गी नै भएको स्रोत बताउँछ। भुतपूर्व स्वर्ग्रीय सुशील कोइराला प्रधानमन्त्री बनेपछि उनलाई भेट्न बालुवाटार पुगेका सुमार्गीलाई ‘ब्याकडोर’ बाट भित्र लगिएको थियो। स्रोतका अनुसार, भारत हैदरावादकी युवतीसँग विवाह गरेका सुमार्गीका भाइ अरुणले गोवा र चेन्नईको क्यासिनो र होटलमा लगानी गरेका छन्।
●बेलारुसमा गैर–आवासीय नेपाली व्यवसायी उपेन्द्र महतोका व्यापारिक साझेदार निरजगोविन्द श्रेष्ठसँग राम्रो सम्बन्ध भएका सुमार्गीले नेपालका लागि बेलारुसको महावाणिज्यदूत पद पाएका छन्। ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहदेखि पुष्पकमल दाहाल समेतलाई प्रभावमा लिने हैसियत बनाएका सुमार्गी आजकाल आफन्तहरूसँग भन्ने गर्छन्, “कुनै बेला राष्ट्रपति हुने औकात बनाएको छु।”
●सुमार्गीको सहयोगीमा अहिले उनका साढु गृष्मराम भण्डारी, कृष्ण शर्मा, कृष्णका दाइ श्यामसुन्दर र भाइ अर्जुन छन्। उनीहरू कुनै न कुनै रूपमा सुमार्गीका कम्पनीहरूसँग सम्बद्ध पनि छन्। अर्जुन शर्मा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्सका पूर्व अध्यक्ष हुन्!!
स्रोत : Himal online News

Tuesday 29 December 2020

जब ‘प्रचण्ड–प्रेत’ बौरिन्छ

जादुयी कथाका पात्रजस्ता अद्भुत र सम्मोहनकारी मानिस लाग्थे कुनै बेला ‘प्रचण्ड’ । रक्तिम क्रान्तिको आलम्बबाट खुला राजनीतिको संसदीय सत्ता अभ्यासमा ओर्लंदाको समय ! अनेक रोमाञ्चकारी किस्सा र प्रभावको एकमुस्ट लोमहर्षक व्यक्तित्वका रूपमा उनको नायकी र खलनायकी दुवै यद्यपि अतिरञ्जित लाग्थे, तथापि विलक्षण वाक्पटुता र निर्णयक्षमताले समकालीन राजनीतिमा उनी छिट्टै ग्राह्य मात्रै भएनन्, नेताका रूपमा ‘निर्णायक’ पनि बने । 
समयक्रममा क्रान्तिका आकांक्षा र राजनीतिक दाउपेच दुवैको सन्तुलनका घर्षणबीच उनी विचार र आचरणको भयावह कायाकल्पतिर सोझिए । श्रमजीवी जनतासँग गाँसिएको सामूहिक सपनाको यात्राबाट थालिएको उनको यात्रा क्रमागत रूपले ‘करिअर’ राजनीति धान्ने धन्दामा खुम्चिएको छ ।

अब यी देश, काल र परिस्थिति अनुसारको सुविधाजनक सम्बोधन ‘पीके’ अर्थात् पुष्पकमल दाहालमा अवतरण भैसकेका छन् । यो अवतरणलाई सुरक्षित भन्नेहरू कति होलान्, अफसोस र दुर्घटनाको विम्ब मान्नेहरू कति ? तर उनको ‘प्रचण्ड’ नामसँग गाँसिएको प्राकृतिक चमक र राप निभिसकेको चाहिँ दुनियाँले महसुस गरिसकेको यथार्थ हो ।

000

हेर्दाहेर्दै उनीभित्रको गहिरो खाल्डोमा चुपचाप ‘दफन’ भयो— प्रचण्ड । छविलालबाट पुष्पकमल हुँदै ‘प्रचण्ड’ ले तय गरेको विचारकल्प उल्टो गतिक्रमले ‘पहाडे, पुरुष, शासक बाहुन’ मा रूपान्तरण भैरहेको दृश्य देख्न खासै ठूलो अन्तराल कुर्नुपरेन । यति छिट्टै र सजिलै उनको त्यो सम्मोहनकारी कदको ढलान भत्किन्छ भन्ने अनुमान सायदै गरिएको हुँदो हो ।

‘भूतपूर्व’ प्रचण्डलाई बेलाबेला दोहोर्‍याउन मन लाग्ने एउटा रोचक पदावली छ— इतिहासको ‘डिक्टेसन’ । उनलाई लाग्छ, उनी जे–जे गर्दै छन्, त्यो इतिहासको खटन हो । त्यही सोच अनुसार केही समयका लागि, केही स्वार्थलोलुप मानिसका झुन्डहरूका लागि समय आफ्ना जुत्ताको तुनामा बाँधिएर हिँडिरहेको छ जस्तो भ्रम छर्न सफल पनि भएका छन् । उनको जिब्रोमा लगातार दशकौंसम्म उच्चारणको आदत बनिसकेका केही शब्द छन्, केही ‘जार्गन’ छन् । राजनीतिक विचारको अन्तिम क्रियाकर्मसमेत सकेर ‘मार्सीवाद’ को विशिष्ट नेपाली मौलिक भाष्यमा भास्सिइसके पनि मार्क्सवादको जपना गरिरहनुपर्ने परिस्थितिको साँघुरो चेपबाट कहिलेकाहीं उनीभित्रको मृत प्रचण्ड जुरुक्क उठ्छ । सचेत लोकलाई थाहा छ, त्यो प्रचण्ड होइन, पुष्पकमल दाहालको जीउमार्फत बौरिएको प्रचण्ड–प्रेत हो । यहाँनेर नबिर्सी भन्नुपर्ने केही टिप्पणी भने छन् ।

एक, देशमा राजनीतिक परिवर्तनको एउटा विशिष्ट कालखण्डलाई प्रचण्डले नेतृत्व गरेको विचारले जसरी नयाँ दिशाबोध गराएको थियो, त्यसलाई कदाचित् कम आँक्न सकिन्न । यद्यपि इतिहास निर्माणमा उनको नायकत्व निरपेक्ष व्यक्तिगत नरहेको पनि उत्तिकै सत्य हो, तथापि एउटा खास समयको चेतनालाई तीव्रतर प्रगतिशील रफ्तार र नयाँ फड्को दिने नेतृत्वकर्ता को थियो भन्ने कुराले विशेष अर्थ राख्छ ।

दुई, इतिहासको निर्माण शासक र ठालु वर्गले होइन, उत्पादक शक्ति अर्थात् श्रमजीवी वर्गले गर्छ र जनताको सच्चा इतिहास नउधिनिकन इतिहासको ज्ञान र वर्तमानमा हरेक वर्ग, लिङ्ग, जाति र समुदायको आत्मसम्मान स्थापित हुँदैन भन्ने कुरालाई आमरूपमै बोध गराउने श्रेय पनि प्रचण्डले नेतृत्व गरेको आन्दोलनलाई नै जान्छ ।

यस अर्थमा इतिहासको एउटा ‘डिक्टेसन’ पूरा गर्ने कार्यभारमा प्रचण्ड सफल कर्ता ठहरिएका हुन् भन्न हिचकिचाउनु पर्दैन । इतिहासमा जहाँसम्म उनी सही थिए, त्यो मितिसम्मको जस दिनुपर्छ । तर पछिल्लो समय इतिहासको ‘खटन’ अनुसार भन्दै आफ्नो आजको स्थान र उभ्याइलाई जेजस्ता तर्क र निष्कर्षका आधारमा उनी व्याख्या गर्छन्, जेजस्ता जार्गन दोहोर्‍याएर जगत हँसाउँछन्, त्यो विडम्बनापूर्ण मात्रै छैन, कम्युनिस्ट विचारको मन्डीकरण गर्ने र जार्गनहरू बेचेर राजनीतिक पेसा चलाउने घिनलाग्दो खेलसमेत हुन पुगेको छ ।

कुनै बेला बिनासोचविचार भावुकता र आवेगको शीघ्र अभिव्यक्ति दिने भावुक नेताका रूपमा उनको खुबै टिप्पणी हुन्थ्यो । कतिपय मानिस उनका अभिव्यक्तिलाई मजाकको विषय पनि बनाउँथे । तर त्यति बेलासम्म उनमा विचार र आन्दोलनप्रतिको निष्ठा जिउँदै र गतिशील छ भन्ने प्रतीत हुन छोडेको थिएन । पार्टीका वैचारिक एजेन्डालाई समग्र मुलुकको एजेन्डाका रूपमा स्थापित गर्न उनको नेतृत्वमा अरू शक्तिसँग भएका रस्साकस्सीले पनि त्यही पुष्टि गरेका हुन् । तर कुन अज्ञात भय, हताशा वा लालचले उनलाई हिजो आफैले ढुलमुले र प्रतिक्रियावादी करार गरेको पार्टीमा विलय हुने प्रस्तावको प्रेरणा दियो ? र, उनी घोषित रूपमै त्यही ढुलमुले र प्रतिक्रियावादी कित्ताको सेवक बन्न दगुरे ? यदि बलियो पार्टी बनाउने उद्देश्य नै थियो भने हिजो छोडेर, फुटेर गएका मित्रहरूलाई डाकेर पार्टी निर्माणको प्रयत्न गर्ने धैर्य किन आएन ?

000

तेस्रो जनआन्दोलनको आह्वान गर्दै काठमाडौं घेर्ने योजनामा राजधानी सहरकै मध्यम वर्गले साथ नदिएपछि जब उनी काठमाडौंका ‘सुकिला–मुकिला’ अर्थात् उनकै शब्दमा ‘बुर्जुवा रियाक्सनरी’ माथि खनिए, त्यो सहरी मध्यम वर्गबीच आलोचनाको विषय बन्यो । काठमाडौंवासी कतिपय बुद्धिजीवीले आपसमा आफूलाई ‘ओइ सुकिला–मुकिला’ भन्दै सम्बोधन गर्न थाले । त्यसो त मध्यम वर्ग हरेक राजनीतिक क्रान्ति र संघर्षको निर्णायक मानिन्छ, तर सबभन्दा कृतघ्न र अवसरवादी वर्ग पनि यही हो भनिन्छ । ऐनमौकामा यसले दिने र छोड्ने साथले आन्दोलन र क्रान्तिको भविष्य निर्क्योल गर्छन् । काठमाडौंको मध्यमवर्गीय चेतना भलै प्रचण्डसँग चिढिएको होस्, तर त्यो बेला उनी सही थिए । कारण, त्यतिन्जेल आफूले बोकेको विचार र हिँडेको बाटोप्रतिको जवाफदेहिता र दायित्वबाट उनी पलायन भइसकेका थिएनन् । अर्थात्, त्यति बेलासम्म ‘प्रचण्ड’ को कुनै अंश उनीभित्र जीवितै थियो ।

जर्ज अर्वेलको प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ मा स्किवलर भन्ने पात्र छ, जो ठूलो क्रान्तिपछि निर्मित आदर्श कम्युनको हर्ताकर्ता हो । र, यसैकारण ऊ अधीनस्थ पशुहरूलाई बारम्बार भनिरहन्छ, ‘पशु हो, हामीले भने–भनेको मान । हामीले भने–भनेको गर । नत्र पुरानो मालिक जोन्स फर्केर आउँछ ।’ पुष्पकमल दाहाल पनि बेलाबेला नागार्जुनबासी ज्ञानेन्द्र शाह र उनका अनुचरका नाम लिएर स्किवलरकै लयमा भयको खेती गरिरहन्छन् । जबकि आनुवंशिक सत्ता राजनीतिमा हिजोका राजालाई माथ गर्ने परिवारमोहले उनको निजत्वको आयाम कति संकुचित हुँदै छ, त्यसलाई इमानपूर्वक आत्मसात् गर्ने उदारताको लेश मात्र पनि उनमा छ झैं लाग्दैन ।

पुष्पकमल दाहालको जीउमा प्रचण्ड–प्रेत जुरुक्क बौरिँदो हो र आज पनि उनी बेलाबेला आफ्ना आलोचकलाई ‘बुर्जुवा प्रतिक्रियावादी’ को तीर फ्याँकिरहन्छन् । उनको जिब्रो र ‘सब–कन्सस माइन्ड’ लाई हिजो अभ्यस्त जार्गन र कटाक्षको आदत हटिसकेको छैन । त्यो वाणीमा फुत्तफुत्त निस्कन्छ र निस्केर लोकले सुन्ने बेलासम्म आफैतिर सोझिएर कुरीकुरी गरिदिन्छ । पछिल्लोपल्ट उनले भने— मिडिया बुर्जुवाको हातमा छ, सतर्क हुनुपर्छ । यस्तो भन्ने बेलामा उनी बिर्सन्छन् या बुझ पचाउँछन्, सर्पहरूलाई खेद्दाखेद्दै स्वयम् एउटा सर्प बनेको मानिसको किस्साजस्तो आफ्नै सत्य । हिजोको माओवादी केन्द्रको टिठलाग्दो नेकपा–विलोप प्रकरणपछि यो आसेपासे पोषक आर्थिक गुट मात्रै बनेर नवबुर्जुवा वर्गको निर्माण गरिरहेको तथ्य ।

वर्गीय क्रान्तिले उत्पादन गरेका शब्दको उपयोगिता र महत्त्व उत्तर–क्रान्तिकालमा हुँदैन भन्ने होइन, झनै हुन्छ । क्रान्तिपछिको समय प्रतिक्रान्तिको सम्भावित दुर्घटनाबाट जोगिने संवेदनशील काल हो । यो क्रान्तिभन्दा झनै पेचिलो हुन्छ । यति बेला पनि क्रान्ति सतत गति र प्रक्रियामा हुन्छ । त्यो जीवन व्यवहारमा, संस्कृतिमा, आचरणमा लगातार व्यक्त हुन्छ, उत्तिकै इमान र प्रतिबद्धताका साथ । यस्तो चरणमा पनि ‘क्लासिकल कम्युनिस्ट जार्गन’ उत्तिकै सुन्दर र वस्तुसंगत सुनिन्छन्, जति क्रान्तिकालमा सुनिन्थे । तर हिजोको क्रान्तिको मूलकर्ता नै जब विकृत पुँजीवादको पुच्छर समातेर माफिया र दलालतन्त्रको वैतरणी तर्न उद्यत हुन्छ, त्यस बेला यी शब्द अर्थहीन र हाँसोलाग्दा सुनिन्छन् ।

माओवादी केन्द्रलाई एमालेमा गाभेपछि एउटै (छाता) कम्युनिस्ट पार्टीको भाष्य बाँड्न खुब रुचि लिन थालेका उनले भनेको ‘ग्रेटर कज’ श्रमजीवी जनताको भविष्यका लागि हो वा आसेपासे, भ्रष्ट, दलाल पुँजीवादको सुरक्षा र संवर्द्धनका लागि, त्यो घामजत्तिकै छर्लङ्ग छ । मेलम्ची परियोजना होस् या मेडिकल शिक्षा सुधार आन्दोलन, उत्पीडित उखु किसानको आन्दोलन या आफ्नै पार्टीभित्र निर्णायक तहमा महिला नेता स्थापित गर्ने विषय होस् या सभामुख चयनमा देखाइएको वर्तमान उपसभामुखप्रतिको उपेक्षा, पछिल्ला सबै प्रकरणमा उनीभित्रको ‘प्रचण्ड’ मृतवत् भैसकेको देखिन्छ । यतिखेर उनीसँग श्रमजीवी निर्धा–निमुखा, उत्पीडित, उपेक्षितका पक्षमा जुरुक्क ब्युँतिने चमत्कारको कल्पना र आशा कसैले नगरे हुन्छ ।

तैपनि पुष्पकमल दाहालभित्र ‘दफन’ भएको प्रचण्डको प्रेत भने बेलाबेला बौरिन्छ । त्यो प्रेत–बौराइले एकैसाथ निष्पादन गर्ने हास्य, रौद्र र करुण रसले दुनियाँ विरक्त हुँदो छ ।

#स्रोत : कान्तिपुर

Search This Blog

Blog Archive

Like Us

featured Slider

Popular Posts

Like us

About Me

Hi, I am the author Elegance Blog.This blog is to provide you with daily outfit ideas and share my personal style.